arrow

बोर्डर आउट पोष्ट उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
bop-sunsari-80-11-23.jpg

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हर्वेनीको बुधबार विधिवत रुपमा उद्घाटन भएको छ । 

कोरोना महामारीको समयमा २०७६ सालको चैत २४ गते फर्वार्ड बेसको रुपमा स्थापना भई कार्यसम्पादन गर्दै आएकोमा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरुको संख्या वृद्धि गर्दै लैजाने सरकारको नीति अनुरुप गृहमन्त्रीस्तरको गत बैशाख १३ गतेको निर्णयले सुनसरी जिल्ला बर्जु गाउँपालिका वडा नं. ४ स्थित ३.९ किलोमिटर सीमा ईलाका र  ५१ वटा सीमास्तम्भ रेखदेख, दशगजा अतिक्रमण नियन्त्रण, सीमा अपराध नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्धेश्यले मिति बैशाख १७ गतेबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा स्थापना भई कार्य संचालन गर्दै आइरहेकोमा बुधबार सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । 

उक्त कार्यक्रम बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक श्रीमान् किशोर कुमार श्रेष्ठ,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सुनसरीका उपअनुसन्धान निर्देशक तुलसी कट्टेल, बर्जु गाउँपालिकाका उपप्रमुख नितुकुमारी चोधरी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले उक्त बीओपीलाई निःशुल्क जग्गादान गर्ने मोरङ्ग विराटनगर महानगरपालिका वडा नं ११ बस्ने रोमी शर्मा जैन (४ कठ्ठा) र बर्जु गाउँपालिकालाई (२ कठ्ठा) कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ