arrow

विगतमा प्रचण्डले जसलाई हटाए, ओलीले तीनैलाई मन्त्री बन्न पठाए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
kp-oli-11-10.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको सरकार नेकपा एमालेले पुरानै मन्त्रीहरू दोहोराउने भएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांश नेताहरूलाई नै एमालेले पुनः मन्त्रीमण्डलका लागि पठाएको हो।

प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग गठबन्धन गरे पछि उनीहरू सरकार छाड्नु परेको थियो, यसअघि प्रचण्ड सरकारमा भएका मध्ये विष्णु पौडेल (अर्थ मन्त्री) र विमला राई (परराष्ट्र मन्त्री) भने दोहरिएका छैन। यसअघि पौडेलले प्रचण्ड सरकारमा एमालेको तर्फबाट पौडेलले नेतृत्व गरेका थिए भने यस पटक रघुवीर महासेठले गर्ने भएका छन्।

जसअनुसार एमालेले पुरानै अनुहारमा पदम गिरी (कानुन न्याय तथा संसदीय मामिला), हरि उप्रेती (रक्षा), भगवती चौधरी (महिला बालबालिका), राजेन्द्र राई, (खानेपानी), दामोदर भण्डारी (उद्योग), ज्वालाकुमारी साह (कृषि) र बलराम अधिकारी (भूमि व्यवस्था) मन्त्रालयको जिम्मेवारी पाएका छन्। अधिकारी भने नयाँ अनुहार हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ