arrow

४१औँ पर्यटनमन्त्री तामाङ

ईयू प्रतिबन्ध चाँडै हटाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
hitbahadur-tamang.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हितबहादुर तामाङ मुलुकको ४१औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा २०३४ सालमा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४१ पर्यटनमन्त्री पाइसकेको छ । 

विसं २०२० मा नुवाकोटको पञ्चकन्यामा आमा श्रीमाया तामाङ र बुबा माइते तामाङको कोखबाट जन्मिएका तामाङ २०६६ सालमा युवा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । उन २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि माओवादी केन्द्रकै पोलिटब्युरो सदस्य सुदन किराँती मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका थिए ।
 
मध्यम निम्न वर्गीय किसान परिवारमा जन्मिएका मन्ज्त्री तामाङले नुवाकोटकै अमर ज्योति उच्च मावि खरानीटारमा औपचारिक शिक्षा लिएका हुन् । उन केही वर्ष अध्यापनमा सक्रिय भए ।
 
चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय तामाङ २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहे । विसं २०३९ मा अनेरास्ववियु छैटौँको नुवाकोट सचिव भए । 

विसं २०६३ मा अन्तरिम व्यवस्थापिका (संसद् सदस्य) भएका थिए । विसं २०७४ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५८ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बनेका थिए ।

नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे । 

अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले बताए ।

 पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले सङ्घीयताको भावना अनुरुप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ