arrow

महिलाहरूको पहिलो रोजाइमा टाटा टियागो इभी

क्लच र गियरको झन्झटबाट मुक्त भई सजिलै चलाउन मिल्ने तथा आरामदायी भएको कारणले टाटा टियागो इभी महिलाको रोजाइमा पर्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
sipradi-tata-tiago-women-go-.jpg

काठमाडौँ। टाटा मोटर्सको टाटा टियागो इभी नेपाली महिलाहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठुलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङका लागि सहज हुने, सिटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरूको रोजाइमा पर्न सफल भएको हो।

टाटा इभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरू यसमा आकर्षित भएका हुन। टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ।

टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ। दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ