arrow

वीरगञ्जका मेयर सिंहविरुद्धको कीर्ते मुद्दा दर्ता 

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८० फागुन २४ बिहिबार
rajeshman-singh-mayor-birju.jpg
तस्बिर – फाइल ।

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको कीर्ते मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहविरुद्धको कीर्ते मुद्दा दर्ता गरेको हो ।

उजुरी परेको लामो समय भए पनि मुद्दालाई दर्ता नगरी राखिएको थियो । तर बिहीबार मुद्दा दर्ता गरेर प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको हो  ।

निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठकी महिला मित्र सुसन कर्माचार्यको प्रभावले रोकिएको मेयर राजेश मान सिंहविरुद्धको मुद्दाले गृहमन्त्री फेरिनासाथ गति लिएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक मनिषा लौडारीले जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको पत्र बिहीबार दर्ता भएको र सो को दर्ता नः ८३७ रहेको बताइन् ।

कीर्ते विवरणको आधारमा अर्काकै सन्तानलाई आफ्नै छोरी बनाएर सिंहले नागरिकता दिलाएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी परेपछि मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो । 

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ मा कीर्ते गर्न नहुने भनिएको छ । जसको उपदफा २ मा कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्‍याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्‍याउने नियतले कुनै झुट्टा लिखत वा झुट्टा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुट्टा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिने उल्लेख छ ।

सरकारीमा वा सार्वजनिक लिखित कीर्ते गर्नेलाई सात वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ । 

पर्साका नयाँ एसपी कुमुद ढुङ्गेल आएपछि मेयर सिंहमाथि कारबाही प्रक्रिया अगाडि बढ्ने विश्वास राखेका नगरवासीहरु त्यो बखत आश्चर्य चकित भए जब उनी मेयर सिंहको कार्यकक्षमा पुगेर पुष्पगुच्छा अर्पण गरेको तस्बिर मेयरको सचिवालयले सार्वजनिक गरेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ