arrow

महाशिवरात्री

पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी खटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
mahashivaratri.JPG

काठमाडौँ । पाशुपत क्षेत्रमा महाशिवरात्री मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रीका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ बिहीबारैदेखि लागू गरेको बताए । 
 
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । 

उनीहरु बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए ।
 
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ