arrow

भारतले घटायो घरेलु ग्यास सिलिन्डरको भाउ, मोदी भन्छन् –करोडौँ परिवारको आर्थिक बोझ कम

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
gas-cylinder.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारत सरकारले घरेलु ग्यास सिलिन्डरको भाउ घटाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४.२ किलोग्रामको सिलिन्डरको भाउ भारु १०० रुपैयाँ घटाएको घोषणा गरेका हुन् । 

भाउ घटेसँगै दिल्लीमा भारु ८०३, मुम्बईमा ८०२.५, भोपालमा ८०८, कोलकातामा ८२०, जयपुरमा ८०६ र पटनामा ९०१ रुपैयाँमा सिलिन्डर पाइने छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत सरकारले सिलिन्डरको भाउ घटाएको हो । 

भाट घटाएसँगै प्रधानमन्त्री मोदीले भने, ‘यसले नारी शक्तिको जीवन सहज हुनुका साथै करोडौँ परिवारको आर्थिक बोझ पनि कम हुनेछ । यो कदमले पर्यावरण संरक्षणमा पनि मद्धत गर्नेछ । पूरै परिवारको स्वास्थ्य पनि राम्रो हुनेछ ।’

यसअघि भारत सरकारले रक्षाबन्धनको अवसरमा घरेलु ग्यासको भाउ २०० रुपैयाँ घटाएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ