arrow

अमेरिकाको पशुपतिनाथ  र अनायासै झरेका आँसु 

logo
प्रियरञ्जन दाहाल,
प्रकाशित २०८० फागुन २६ शनिबार
pashupati-usa-80.jpg

 शिवमा सौम्य र रौद्र रुप दुवै भएको मानिन्छ | परस्पर विरोधी भावहरुको सामजस्य नै उनको विषेषता हो । उनको परिवारमा भूत-प्रेत, नंदी, सिंह, सर्प, मयुर सबै प्रकारका जनावर पंक्षी छन् । सबैलाई आफ्नो परिवार बनाउन सक्ने, समान प्रेम बाँड्न सक्ने नै शिव हुन् । जसको आदी र अन्त्य छैन, त्यो नै समय हो, त्यो नै शिव हो । 

करिब ४५०० वर्ष भन्दा बढीको इतिहास बोकेको मोहेन्जो दारो सभ्यतामा पनि पशुपतिको चित्र अंकित अवशेष भेटिनुले हाम्रो पुरानो हिन्दू सभ्यतासँगको यसको सम्बन्ध,महत्व पुष्टि हुन्छ । भारत वर्षमा जन्मने जो कोहीले पशुपतिलाई आराध्यदेव मान्नुको कारण हामीले हाम्रो जरा सम्झिएको हुनुपर्छ ।

काठमाडौँको पशुपतिनाथ आफैँमा अनुपम कला र संस्कृति बोकेर उभिएको लगभग १६०० वर्ष भन्दा बढी भैसकेको छ । त्यसलाई केवल सम्प्रदाय विशेषको आँखाले हेर्नु अन्याय हुन्छ । यसले सिंगो नेपालको पहिचान बोकेको छ ।

कला,संस्कृति,परम्परा बोकेको छ । पशुपति जाने हरेक मान्छेले बागमतीमा जल्ने शव देखेर जीवन र मृत् लाई एकछिन भए पनि घोरिएर सोच्छ । विचार गर्छ । केहीबेर भए पनि असल कर्म गरुँ भन्ने भाव जागृत भएको हुनुपर्छ ।
  
अमेरिकाको राजधानी अस्टिन शहरमा गज्जबको पशुपति मन्दिर निर्माण भएको छ । समाजका अगुवाहरुको अनवरत श्रमको परिणाम आज त्यहाँ हेर्न लायकको मन्दिर बनेको छ ।

मन्दिरभित्र प्रवेश गर्ने जो कोहीलाई त्यसले अनौठो अनुभूति गराउँछ । मन्दिर दर्शन गर्न आएका कतिपय नेपालीले त्यहाँ अन्जानमा  आँशु झारेको देखियो  । किन आँशु आयो त्यसको उत्तर ती स्वयंसँग पनि छैन । 

त्यो प्रेमको आँशु हो  । देशको प्रेम ,आफ्नो पहिचानको प्रेम, सात समुद्रपारी  सजिएको  आफ्नो कलाको प्रेम त्यो माटोको प्रेम ,जन्मभूमिको प्रेम । त्यसले तिनमा धर्म भन्दा पनि नेपाल सम्झाएको, नेपाल आफ्नै अगाडि आएको अनुभव भएको हुनुपर्छ । विदेशमा बस्दा आफ्नो जन्मभूमिको याद दिलाउने साना साना  कुराले पनि भावनात्मक रुपमा जोड्छ । झन् पशुपति नै आँखा अगाडि आउँदा आँशु आउनु स्वभाविक नै मान्नुपर्छ । 

अन्त्यमा, अस्टिनमा पशुपति निर्माणमा वर्षौँदेखि निरन्तर खटेर समयमा नै निर्माण पूरा गर्न सफल समाजका सम्पूर्ण अगुवासहित विशेषरुपमा गेहेन्द्र केसी, देवराज न्यौपाने, भोजराज भट्ट, कृष्ण जीसी, विदुर खतिवडालाई हार्दिक बधाइ र हृदयदेखि विशेष धन्यवाद । यो पशुपति मन्दिरमा स्थापित  शिवको आशीर्वाद सबैलाई प्राप्त होस् । हामी सबैलाई शिवरात्रीको शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ