arrow

हङकङसँगको मैत्रीपूर्ण खेलमा नेपाल २१३ रनको चुनौती पछ्याउँदै, हायातको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
t20-np-hk-24-03-09.jpg

काठमाडौँ । नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा भइरहेको उक्त खेलमा नेपालले २१३ रनको चुनौती पछ्याइरहेको छ । 

टस जितेर फिल्डिङ गरेको नेपालले कमजोर प्रदर्शन गरेसँगै हङकङले ६ विकेटको क्षतिमा २१२ रन बनायो । बाबर हायातले ४९ बलमा ११० रन बनाए । 

आंशी राथले ३९ तथा मार्टिन कोट्जीले ३१ रन बनाए । डेब्यु खेलाडी आकाश चन्दले ३ तथा रसिद खान, आरिफ शेख र प्रतिस जीसीले १–१ विकेट लिए । 
 
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आइतबारदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । 

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । 

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ