arrow

त्रिकोणात्मक श्रृंखलाअघिको मैत्रीपूर्ण खेलमा हङकङविरुद्ध नेपालको कमजोर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
nep-hk-t20-24-03-09.jpg

काठमाडौँ । हङकङविरुद्धको एकमात्र मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा ७३ रनको फराकिलो अन्तरले पराजित भएको हो । 

खेलमा टस हारेर पलिे ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा २१२ रन बनायो । बाबर हायातले ४९ बलमा ११० रन बनाए । आंशी राथले ३९ तथा मार्टिन कोट्जीले ३१ रन बनाए । 

डेब्यु खेलाडी आकाश चन्दले ३ तथा रसिद खान, आरिफ शेख र प्रतिस जीसीले १–१ विकेट लिए । 

जवाफमा नेपालले १६.४ ओभरमा अलआउट हुँदै १३९ रनमात्र बनाउन सक्यो । विनोद भण्डारीले २२ बलमा ४२, आरिफ शेखले २१ बलमा ३८ तथा कप्तान रोहित पौडेलले २३ बलमा ३० रन बनाए । 

त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । नेपालको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अजाज खानले ४ तथा एहसान खानले ३ विकेट लिए । 

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आइतबारदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । 

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् । 

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ