arrow

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन- राजेन्द्र महतो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
rajendra-mahoto-11-25.jpg

काठमाडौँ । मधेसवादी नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् । जनकपुरधाममा नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मच्चाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे । 

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए ।

उनले भने, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रूपमा स्थापित हुनु आवश्यक छ ।’ अगाडी भने ‘अहिले नेपाल एकल राज्यको रूपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरूको देश बनाउनका लागि एकत्रित रूपमा आन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ