arrow

टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङसँग खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
nepal-cricket-2024a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल सम्मिलित टी–२० त्रिकोणात्मक क्रिकेट शृंखला आजदेखि हङकङमा शुरु हुँदैछ । पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ । 

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ । 

तेस्रो टिम पपुवा न्यूगिनी (पीएनजी) हो । नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको हङकङविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपाललाई हङकङले ७३ रनले हराएको थियो । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ