arrow

आर्थिक एजेण्डामा एकमत हुन महासङ्घको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
chandra-dhakal-chitwan-agm-2080.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्। नेपाल तयारी पोसाक उद्योग सङ्घको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्। अबको करिब एक महिनामा आयोजना हुने महासङ्घको ५८औ वार्षिक साधार सभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए।

उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको उनले बताए। 

यसै गरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे। गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पुँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ