arrow

नेपाल र हङकङको खेलमा वर्षा वाधक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
nepal-hk-24-03-10.jpg

काठमाडौँ । नेपाल सम्मिलित टी–२० त्रिकोणात्मक क्रिकेट शृंखला आजदेखि हङकङमा शुरु भएको छ । पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेलिरहेको छ ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । वर्षाले खेल रोकिनुपूर्व हङकङले आक्रामक खेल्दै ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको छ । 

करण केसीले पहिलो बलमै विकेट लिए पनि त्यसपछि विकेट नझर्दा हङकङले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेको छ । 

तेस्रो टिम पपुवा न्यूगिनी (पीएनजी) हो । नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको हङकङ विरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपाललाई हङकङले ७३ रनले हराएको थियो । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ