arrow

नेपाल र हङकङको खेल जारी, नेपालको फितलो बलिङ  

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
nepal-hk-24-03-10.jpg

काठमाडौँ । नेपाल सम्मिलित टी–२० त्रिकोणात्मक क्रिकेट शृंखला आजदेखि हङकङमा शुरु भएको छ । पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेलिरहेको छ ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । नेपालले फितलो बलिङ गरेको छ । केही समय वर्षाले खेल रोकिए पनि त्यसपछि पुनः खेल चालु भएको छ । 

करण केसीले पहिलो बलमै विकेट लिएर हङकङलाई दबाबमा राखे पनि आक्रामक ब्याटिङ गरेको छ । दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्ने क्रममा कप्तान निजाकत खान २० बलमा २५ रन बनाएर आउट भए । गुल्सन झाले आउट गरेका हुन् ।  

हङकङले ८ ओभर खेल्दा २ विकेट गुमाएर ६५ रन बनाइसकेको छ । त्यसपछि फेरि वर्षा हुँदा खेल रोकिएको छ । यसअघि ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन जोडेपछि खेल वर्षाले रोकिएको थियो ।

तेस्रो टिम पपुवा न्यूगिनी (पीएनजी) हो । नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको हङकङ विरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपाललाई हङकङले ७३ रनले हराएको थियो । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ