arrow

युद्धमा नेतन्याहूलाई साथ नदिने बाइडेनको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
joe-biden-netanyoo-israel.jpg

काठमाडौँ । इजरेली राष्ट्रपति बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरेललाई सहयोग गर्नुको सट्टा बढी क्षति पुर्‍याइरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । 

गाजाको मानवीय सङ्कट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समय वाइडेनले दक्षिणी गाजाको रफामा इजरेलको आक्रमणको चेतावनीबारे विरोधाभासी टिप्पणी आएको होे । 

“नेतन्याहूलाई इजरेलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार छ”, बाइडेनले भने, “तर उहाँ (नेतन्याहू) ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान जानेतर्फ बढी ध्यान दिनुपर्छ ।”

“मेरो विचारमा उहाँले इजरेललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पुर्‍याइरहनुभएको छ,” उनले थपे । 

रफाको २४ लाख बासिन्दामध्ये करिब १५ लाख अहिले गाजामा सुरक्षाका लागि पुगेका विस्थापित प्यालेष्टिनी नागरिक रहेका छन् । य

स क्षेत्रमा हुने आक्रमणले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने भन्दै रफामा इजरेलको सम्भावित आक्रमणको बारेमा बाइडेनको अस्पष्ट देखिँदै आएका छन् । 

“यो खतराको रेखा हो”, ८१ वर्षीय डेमोक्र्याट नेताले भने, “म इजरेलको पक्ष कहिल्यै छोड्ने छैन । इजरेलको प्रतिरक्षा अझै पनि महत्वपूर्ण छ ।”

बाइडेनले बिहीबार स्टेट अफ द युनियनको सम्बोधनपछि नेतन्याहूलाई गाजा युद्धबारे छलफल गरेर अघि बढ्नुपर्ने भन्दै इजरेली प्रधानमन्त्री नेतन्याहूलाई वासिङ्टन भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।

अक्टोबर ७ मा हमासले सीमापार गरेको आक्रमणमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो । बदलामा इजरेलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ । 

हमास नियन्त्रित गाजामा इजरेलले गरेको जवाफी कारबाहीमा ३१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका प्यालेष्टिनी स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ