arrow

नयाँ गठबन्धनले गण्डकी, मधेस र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाउने, एमालेका थप्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
pm-office-new-2080.jpg

काठमाडौँ । फागुन २१ गते बनेको नयाँ गठबन्धनले प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन ओटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति कहाँ सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । 

बैठकले मधेस प्रदेशका हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएर क्रमशः सुमित्रा भण्डारी, डिल्लीराज भट्ट र नजिर मियालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

थपिने सबै एमाले निकटका हुन् । हटाइने सबै नेपाली कांग्रेसको कोटाका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ