arrow

तयारी विश्वकपको

टी–२० श्रृंखलामा पीएनजीविरुद्ध नेपालको आक्रामक ब्याटिङ प्रदर्शन 

विनोद २७ र रोहित १ रनमा आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nepal-png-24-03-12.jpg

काठमाडौँ । हङकङमा जारी टी–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग खेलिरहेको छ । हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपालका ओपनरद्वय कुशल भुर्तेल र विनोद भण्डारीले आक्रामक खेलिरहेका छन् । पहिलो विकेटका लागि ६४ रनको साझेदारी हुने क्रममा विनोद २२ बलमा २७ रन बनाएर आउट भएका छन् । कप्तान रोहित पौडेल भने १ रन बनाएर आउट भए । 

नेपालले ९ ओभर खेल्दा २ विकेटको क्षतिमा ६९ रन बनाएको छ । 

 नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।  

यसअघि आइतबार नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल वर्षाले रद्द हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए । 

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।   
     
बुधबार त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेल हुने छन् । फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ