arrow

रोनाल्डोको अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
ronaldo-weep-alnasar-24-afp.jpg
तस्बिर – पराजित भएपछि गम्भीर मुद्रामा क्रिष्टियानो रोनाल्डो ।

काठमाडौँ । साउदी अरेबियाको फुटबल क्लब अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराति सम्पन्न क्वार्टरफाइनलमा यूएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै क्रिष्टियानो रोनाल्डो रहेको अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को विजयी नतिजा निकालेसँगै पहिलो लिगमा १–० ले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । 

अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ ले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो ।

यो हारसँगै अल नासर एसियन च्याम्पियन्स लिगमा क्वार्टरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ