लगातार दोस्रो दिन उच्च मूल्यको सुनको भाउलाई नै निरन्तरता
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
1.1k
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।
यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो । आइतबार पहिलो पटक सबैभन्दा बढी तोलामा १ लाख २६ हजारमा सुन बिक्री भएको थियो ।
मंगलबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो ।