arrow

लगातार दोस्रो दिन उच्च मूल्यको सुनको भाउलाई नै निरन्तरता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।

यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो । आइतबार पहिलो पटक सबैभन्दा बढी तोलामा १ लाख २६ हजारमा सुन बिक्री भएको थियो । 

मंगलबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ