arrow

माधव नेपालप्रति पनि ओली लचक, एक वर्ष प्रधानमन्त्री र राष्ट्रिय सभा उपाध्यक्ष दिन राजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
oli-madhav-new-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमाले र नेकपा एसबीच पानी बाराबारको अवस्था खुकुलो बन्दै गएको छ । मंगलबार बिहान नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो दललाई दिन राखेको प्रस्तावप्रति एमालेले सहजै स्वीकार गरेको छ । 

गठबन्धन दलका एक नेताका अनुसार मंगलबार बिहान भएको छलफलमा तीन नेताहरुबीच भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष दिन सहमत भएका हुन् ।

नेकपा एसको संसदीय दलले आफूहरु पनि पावर शेयरिङमा साझेदार हुनुपर्ने माग गर्दै विश्वासको मत नदिने घुर्की लगाएको थियो । 

त्यसमा एमाले अध्यक्षले सहजै स्वीकार गरेपछि मंगलबार बिहानको बैठक थप सहज भएको स्रोतले जनाएको छ ।

तीन नेताहरुबीच भएको छलफलपछि नयाँ बानेश्वरमा सत्ता साझेदार दलहरुबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

उनीहरुले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ मंगलबार सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर गर्नेहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् ।

उनीहरुले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्र«का उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने, यसैगरी सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानून निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशमा आर्थिक समस्या सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति पनि यी दलहरूबीच नयाँ सहमति भएको थियो । 

त्यसमा यसअघि राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एमालेले पाउने बुँदा हटेको छ । यो बुँदा हटेसँगै नेकपा एसलाई दिने सहमति भएको स्पष्ट भएको छ । 

एमालेले भावी दिनमा पार्टी मिलाउने गरी नेकपा एसले मागेको शर्तलाई पूरा गर्न राजी भएको छ । 

एमाले माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउन पनि सहमत भैसकेको स्रोतको दाबी छ । 

यसअघि एमालेले माओवादी केन्द्रसँग सहमति गर्दा पनि अध्यक्ष प्रचण्डलाई सहज हुने गरी सबै दिन तयार रहेको बताएको थियो । 

सोहीअनुसार एमालेले आफ्नो पार्टीमा कम वरीयतामा भएका सांसदहरुलाई सरकारमा पठाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ