arrow

राष्ट्रिय सभा अध्यक्षलाई नेप्सेको स्वागत, शेयर बजारमा उछाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
Nepse-Up-bull.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक ५८.५८ अंकले वृद्धि भएको छ ।  मंगलबारको शेयर बजार ५८.५८ अंकले वृद्धि भएको हो । योसँगै बजारको कूल सम्पत्तिको रुपमा रहने बजार पूँजीकरण ३३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । आइतबार यस्तो पूँजीकरण ३२ खर्ब २६ अर्ब रुपैयाँ थियो । 

मंगलबारको बजारमा जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन र बैंकिङ उपसूचकमा सर्वाधिक धेरै वृद्धि देखियो । यअसघि बजार उतारचढाव हुँदा पनि बैंकिङ सूचकमा ठूलो उत्साह देखिँदैनथ्यो । 

मंगलबार बजारमा ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसरी सर्किट लाग्ने सबै कम्पनी लघुवित्त समूहका छन् ।

बजारमा मंगलबार ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । कारोबार रकमका आधारमा पनि यो औसतभन्दा बढी हो । 

मंगलबार बजारमा कारोबार भएकामध्ये २२० कम्पनीको मूल्य बढेको छ । २२ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
 

 
 
राष्ट्रिय सभाले अध्यक्षमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल निर्वाचित भएकै दिन नेप्सेले स्वागत गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ