arrow

घट्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । बुधबार सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।

अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो ।

यता बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ