arrow

रुखबाट लडेर ४५ वर्षीय परियारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
Lamjung-hamrakura.jpg.jpeg
फाइल तस्बिर

लमजुङ । लमजुङमा आज दिउँसो रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका वडा नं. ९ भदौरेका ४५ वर्षीय कुलबहादुर परियार छन् ।

भिरमा रहेको पाखुरीको रुखमा चढेर घाँस काट्ने क्रममा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुखबाट खसेका परियार भिरबाट करिब एक सय मिटर तल पुगेको र मृत अवस्थामा भेटिएको लमजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर थापाले जानकारी दिए ।

परियारको शवलाई पोस्टमार्टमका लागि तनहुँको दमौली अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ