arrow

नेपालमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट, आइतबार सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
supreme-court-सर्वोच्च अदालत.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सर्वोच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् ।

नेपालमा लिभिङ टुगेदरलाई कानूनी मान्यता दिएको छैन । कानून बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानूनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छिन् । 

१८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरु, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन व्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानूनी रुपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ ।

उक्त रिटको ४ चैतमा सुनुवाइको मिति तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ