arrow

सुन तस्करी प्रकरण

प्रचण्डले दिए सुन प्रकरणका दोषीलाई उन्मुक्ति नदिन निर्देशन, गृहमन्त्रीले थाले परामर्श 

जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
ravi-prachanda-gold.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । 

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए ।
 
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् ।
 
प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । 

आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सुन तस्करी प्रककरणमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवार, पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा, अर्थमन्त्री बर्षमान पुन, एमाले नेता सर्वेन्द्र खनालको संलग्नता रहेको प्रतिवेदनमा खुलाइएको छ ।

प्रतिवेदनमा माओवादी नेताहरूकै नाम जोडिएपछि जाँचबुझ आयोगका सिफारिस कार्यान्वयनमा शङ्का उब्जिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ