arrow

अनुसन्धानको दायरामा भएकालाई गृहमन्त्री बनाउनु दूधको साक्षी बिरालो – सांसद कुसुमदेवी थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
kusumdevi-thapa-nc-parliame.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिएर सरकारले दूधको साक्षी बिरालो राखेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् । 

प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले अनुसन्धानको दायरामा भएको व्यक्तिलाई नै अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिनु दूधको साक्षी बिरालो भएको स्पष्ट पारेकी हुन् । 

उनले यसले नैतिक प्रश्नसँगै अनुसन्धान प्रभावित हुन सक्ने सम्भावना बढेको बताइन् । उनले यस्ता घटनाहरुले आन्दोलनरत बचतकर्ताले न्याय पाउलान् त ? भन्ने गम्भीर प्रश्न उठेको भन्दै सरकारसँग जवाफ खोजेकी छिन् । 

यस्तो छ उनको सम्बोधन–
हाल देशैभरिका निम्न वर्गीय नागरिकहरु आफ्नो गास कटाएर सहकारीमा बचत गरेको रकमको साँबा ब्याज फिर्ता पाउनको लागि आन्दोलनरत छन् । देशमा राजनीतिक, सामाजिक निराशालाई मलजल गर्ने गरी आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा नेपालको तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारीमा केही सहकारी ठगहरुले सहकारीको मान्यता विपरीत रकम अपचलन गरेका कारण आज सहकारी तहसनहस अवस्थामा छन् । जुनव्यक्ति सहकारीको रकम अपचलन गरेको विषयमा अनुसन्धानको दायरामा हुनुहुन्छ त्यही व्यक्तिलाई अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिएको देख्दा वर्तमान सरकारले दूधको साक्षी बिरालो राख्नुले पनि एकातिर गम्भीर नैतिक प्रश्न खडा गरेको छ भने अर्कोतर्फ अनुसन्धान प्रभावित हुने सम्भावना बढेको छ । यस्ता घटनाहरुले ती आन्दोलनरत बचतकर्ताले न्याय पाउलान् त ? नेपाल सरकारलाई प्रश्न गर्न चाहन्छु धन्यवाद ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ