कांग्रेस गर्यो संसद्को वेल घेराउ, अर्को बैठक आइतबार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
917
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को वेल घेराउ गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरूले संसद्को वेल घेराउ गरेका हुन् ।
उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् ।
कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।