arrow

जवाफदेहिता निगरानी समितिमा संयोजकमा चापागाईं, सहसंयोजकद्वयमा कुइँकेल र महर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
jawafdehita-nigarani-samiti.jpg

काठमाडौँ । द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानूनी शासन र मानवअधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिमा नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार बसेको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानूनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाई चयन भएका छन् ।

त्यसैगरी बैठकले सहसंयोजनको जिम्मेवारी क्रमशः मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुइँकेल र अधिवक्ता रुक्मिणी महर्जनलाई दिएको छ । 

चापागाई संवैधानिक कानून व्यवसायी मञ्चको पूर्व अध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । कुइँकेल एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हुन् भने महर्जन त्रिभुवन विश्वविधालयमा कानून संकाय (नेपाल ल क्याम्पस) मा उपप्रध्यापक छिन् ।
 
निगरानी समितिको बैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईको अध्यक्षतामा भएको थियो ।
 
बैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लैजानुपर्ने ठहर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ