arrow

मोबाइल क्रान्ति [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
mobile-user-80-12-03.jpg

आजको समयसम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइसकेको छ । २१ औँ शताब्दीमा विज्ञानले हामीहामीलार्ई नयाँ नयाँ उपकरण दिइरहेको नै छ । 

यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो । समयको परिवर्तनसँगै प्रविधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । समयसँगै अहिले टाढा टाढाका आफन्तहरूसँग बोल्न त्यति कष्ट गर्नु पर्दैन । 

नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरी हरेक व्यक्तिको हातहातमा मोबाइल देख्न सकिन्छ । तर आज भन्दा दुई दशक अघि सायदै यसरी जो कोहीसँग मोबाइल हुन्थ्यो । 

टेलिफोन सम्पर्कका लागि शहरमा विभिन्न स्थानहरूमा टेलिफोन बुथहरू हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौँ लगाएर बस्नु पथ्र्यो । 

मोबाइल क्रान्ति
विश्व इतिहासमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसँग पहिलो चोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । 

त्यसको १० वर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मूल्य थियो, दुई लाख रुपैयाँ । मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी ।

यसको ब्याट्री हामीलार्ई एकचोटी चार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्रामसम्मको थियो । 

सन् १९८५ मा बेहामीलाइतका हाँस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट भोडाफोनको कार्यालयमा फोन गरी बेहामीलाइतमा पहिलो पटक मोबाइल फोनको शुरुआत गरेको इतिहास छ । 

यसपछि ओ–२ नामको मोबाइल सेटले आफ्नो सेवा शुरु गर्यो । भोडाफोनलाई १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो । 

फ्रान्सिसी व्यवसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नी छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको शुरुआत भयो ।

यसको शुरुआतीका दिनमा टचस्क्रिन थियो । जसमार्फत ईमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्याल्कुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो ।

यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रिडेलहम हेलिब्रान्ड नामका एक जर्मन इन्जिनियरले शुरु गरे । 

सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आईबीएम नामको पहिलो स्मार्टफोन बजारमा आयो । सन् २०१२ मा एक अर्ब ७९ करोड वटा मोबाइल बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् ।

नेपालमा मोबाइल जीएसएम शुरुआत २२ वर्ष अगाडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ बैशाख १ गते शुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोष्टपेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । 

पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १ जी थिए । 

जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किनभने यो निकै महँगो थियो । यो मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो । २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान (हाल नेपाल टेलिकम) ले प्रिपेड मोबाइलको शुरुआत गरेको थियो । 

सरकारले नेपाल दूरसञ्चार संस्थान २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरेपछि भने नेपालमा मोबाइल सेवा द्रूत गतिमा अघि बढ्यो । 

टेलिकमले सीडीएमएस सेवाको शुरुआत पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो । (नेपाल फोटो लाइब्रेरी)


 

mobile-revolution-80-12-03 (1).jpeg
mobile-revolution-80-12-03 (2).jpeg
mobile-revolution-80-12-03 (3).jpeg
mobile-revolution-80-12-03 (4).jpeg
mobile-revolution-80-12-03 (5).jpeg
mobile-revolution-80-12-03 (6).jpeg
mobile-revolution-80-12-03 (7).jpeg
mobile-revolution-80-12-03 (8).jpeg
mobile-revolution-80-12-03 (9).jpeg
mobile-revolution-80-12-03 (10).jpeg
mobile-revolution-80-12-03 (11).jpeg
mobile-revolution-80-12-03 (12).jpeg
mobile-revolution-80-12-03 (13).jpeg
mobile-revolution-80-12-03 (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ