arrow

मुलुक भयावह अवस्थामा पुगेको पूर्व प्रधानन्यायाधीश कार्कीको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
Susila-Karki.jpg.jpeg

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । राजनीतिक उतारचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो । 

शनिबार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता सङ्ग्रहको लोकार्पण गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटिहरूले जरा गाडेको समेत चित्रण गरिन् । उनले सो कविता सङ्ग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटिहरूलाई औँल्याउने काम गरेको पनि बताइन् । कवितालाई इतिहासको रूपमा व्याख्या गर्दै उनले सो कविताले समय सापेक्ष ढङ्गले विगत र वर्तमानमा देखिएका विकृतिहरूको उठान गरेको बताइन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘कविता पनि समयसापेक्ष नै हुन्छ । मान्छेले जे देख्छ, त्यो न लेख्छ । यसमा धेरै अहिलेको यो भइरहेको पोलिटिकल सिच्युएशनहरु छ नि । राजनीतिक सिच्युएशनमा जुन उचनिच आइराखेको छ नि । त्यसमा केन्द्रित छ यो बढी । त्यसलाई फोकस गरिएको छ । मुलुकको जुन भयावह जुन अवस्था छ । त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटिहरू जुन छन्, समाजमा देखा परेको जुन किसिमको वातावरण छ । त्यसमा लक्षित छ । रीतिरिवाजका कुराहरूमा लक्षित गरिएको छ । ९० वटा कवितामा उहाँले देखे जति कुराहरू छन् । सबैलाई लयमा राखेर यो कविता सङ्ग्रह तयार गरिएको छ । उनको यो रचना मलाई साह्रै राम्रो लाग्यो । आज मलाई एउटा छुट्टै अनुभव भयो । जहिले पनि हामी कानून र त्यस्तै त्यस्तै विषयमा भाग लिन्थ्यौँ । तर आज एउटा छुट्टै अनुभव भयो । यो पनि एउटा विधा हो । तर वास्तवमा कविता पनि एउटा हिस्ट्री हुन्छ । कवितामा पनि इतिहास हुन्छ । संसारमा हिटलरको गरेको ज्यादती, मुसोलिनीले गरेको ज्यादती यी जति पनि संसारका तानासाहहरूको ज्यादतीहरू कविता पनि आएका छन् । त्यसैले कविता इतिहास पनि हुन्छ । समय सापेक्ष कुरालाई पनि यसले बोलेको हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ