arrow

घट्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ