arrow

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने प्रचण्डको वचन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
puspa-kamal-dahal-prachanda-pokhara.jpg

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण समारोहमा उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए ।

सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताए ।

विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उनले बताए ।

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ र मरणोपरान्त त्रिभुवन पौडेललाई सम्मान गरे ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कार २०८०बाट एभरेस्ट मिडिया हाउसका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ र २०७९ बाट त्रिभुवन पौडेल (मरणोपरान्त) लाई सम्मान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रेष्ठ र स्वर्गिय पौड्यालका धर्मपत्नि प्रतिभा दुवैजनालाई सम्मान अर्पण गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए ।

समारोहमा उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको बताए ।

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गरिनेमा जोड दिए ।

सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा पहल भइरहेको बताउँदै उनले त्यसका लागि दुवै छिमेकी राष्ट्रसँग पहल भइरहेको बताए ।

विमानस्थलको निर्माण लागेको ऋणको व्यवस्थापनका सम्बन्धमा पनि पहल भएको उनले बताए ।

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेको योगदानको स्मरण गर्दै उनको नाममा स्थापित पुरस्कारले पोखरामा मात्र नभई देशभर सकारात्मक सन्देश प्रवाह भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ