- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगले दुई पूर्व प्रहरी प्रमुखसँगै विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई निगरानीमा राख्न सिफारिस गरेको छ।
६१ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको आयोगले पूर्वमहानिरीक्षकद्वय धिरजप्रताप सिंह र सर्वेन्द्र खनाललाई सुन तस्करहरुसँग निरन्तर सम्पर्कमा रहेको ठहर गर्दै निगरानीमा राख्न सुझाव दिएको हो ।
त्यस्तै विध ल्याबका सञ्चालक भण्डारीलाई पनि निगरानीमा राख्न सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंह र खनालसँग एसपी सञ्जय सिंह थापा तथा भण्डारीलाई निगरानीमा राख्न भनेको छ।
एसपी थापा नुवाकोट प्रहरी प्रमुख रहेकामा प्रहरी मुख्यालय तानिएको छ । त्यस्तै कुनैबेला नायब सुब्बाका रुपमा काम गरेका भण्डारीलाई सुन तस्करीमा संलग्नहरुसँग टेलिफोन सम्पर्कमा रहेको देखिएकाले निगरानीमा राख्न भनिएको स्रोतले बताएको छ।
छानबिन आयोगले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जीवन गुरुङ, पूर्व सभामुख एवं पूर्वसभामुख कृष्णबहादुर महरा, सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेमाथिसमेत अनुसन्धान गर्न भनेको छ।
साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख (हाल मुख्यालय तानिएकी) एआईजी किरण बज्राचार्य र डीएसपी दुर्गा दाहालमाथि पनि अनुसन्धान गर्न भनेको छ।