arrow

नुहाउँदा बेपत्ता १८ वर्षे राईको शव सशस्त्रको टिमले पाँच मिनेटमै भेट्टायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
apf-80-12-04.jpeg

सुनसरी । नहरमा नुहाउने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बल नेपाल सुनसरीले फेला पारेको छ । इटहरी उपमहानगरपालिका ८ ढोकापुलस्थित सप्तकोशीको चतरा खनार नहरमा नुहाउने क्रममा बेपत्ता भएका भोजपुर रामप्रसाद राई गाउँपालिका १ स्थायी घर भई सुनसरी इटहरी उपमहानगरपालिका ८ मा डेरा गरी बस्ने १८ वर्षका अम्बिराज राई बेपत्ता भएको भन्ने खबर प्राप्त हुन साथ खोज्न गएको गोताखोरको टोलीले उनको शव फेला पारेको हो । 

नेपाल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ जना र नेपाल नं ४ गण हेडक्वार्टर सुनसरीको समन्वयमा सप्रबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा रहेको गोताखोर सहितको प्रादेशिक विपद् व्यवस्थापन टिमलाई खबर गरे पश्चात सप्रबल नेपाल नं१ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कटवालसहितको १० जनाको विपद् उद्धार तालिम प्राप्त गोताखोर सहितको टोली उक्त स्थानमा परिचालित भएको थियो । 

टोलीले साँझ ५ बजेबाट खोजतलास शुरु गरी  पाँच मिनेटमै बेपत्ता भएको स्थानमा मृत अवस्थामा शव फेला पारी निकालेको सशस्त्र प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ