arrow

आमिर खानको फिल्ममा सनी देवल र छोरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
sunny-2-1457523129.jpg.jpeg

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दै छन् । 

‘लाहोर १९४७’ राजकुमार सन्तोषी निर्देश गर्दै छन् । 

फिल्ममा आमिर खान र सनी देवल मुख्य भूमिकामा रहने बताइएको छ । 

निर्देशक सन्तोषीले आमिर खानसँग 'अन्दाज अपना अपना' र सनी देवलसँग 'घायल' र 'दामिनी' पछि संयुक्त काम गर्न लागेका हुन् । 

फिल्ममा सनी देवलले आफ्नो छोरा करण देवलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दै छन् ।

निर्देशक राजकुमार सन्तोषीले फिल्ममा बाबु छोरालाई स्थान दिन लागेको खुलासा गरेका छन् । 

सनी र राजकुमारले 'घायल',' दामिनी', 'घटक' जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । 

‘गदर २’ को ठुलो सफलतापछि मानिसहरू सनी देवलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् । 

उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका छन् ।

 आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ