arrow

डब्ल्यूपीएलको उपाधि बेंगलुरुलाई, शुक्रबारदेखि आईपीएल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
wpl-bangalore-2024-BCCI.jpg

काठमाडौँ । डब्ल्यूपीएल टी–२० क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै बेंगलुरुले पहिलो पटक उपाधि जितेको हो । 

१६ वर्षपछि पहिलो पटक बेंगलुरुले उपाधि जितेको हो । बेंगलुरुले अहिलेसम्म कुनै उपाधि जित्न सकेको थिएन । 

नयाँदिल्लीको अरुण जेट्ली स्टेडियममा पहिले ब्याटिङ गरेको दिलल्ल्ेि १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनायो । शेफाली वर्माले २७ बलमा सर्वाधिक ४४ रन बनाइन् । श्रेयंका पाटिलले ४ तथा सोफी मोलिनेक्सले ३ विकेट लिइन् ।

जवाफमा बेंगलुरुले १९.३ ओभरमा २ विकेट गुमाएर जित हासिल गर्यो । इलेसी पेरीले अविजित रहँदै ३५, सोफी डेभाइनले ३२ तथा कप्तान स्मिृति मन्धनाले ३१ रन बनाइन् । 

पुरुषहरूको आईपीएल शुक्रबारदेखि शुरु हुँदैछ । १० टिमबीच भिडन्त हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ