arrow

नेपाल र ईयूबीच संयुक्त बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
nepal-eu.jpg

काठमाडौँ । आज नेपाल र युरोपियन युनियन (ईयू) बीचको संयुक्त बैठक बस्दै छ । 

संयुक्त आयोगको १५औँ बैठक आज काठमाडौँमा बस्ने तयारी भएको हो । 

बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र ईयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । 

दुवै पक्षले नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।

गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबीचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो । 

बैठकमा नेपाल र युरोयियन युनियनबीच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो । 

बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ