arrow

सात हजार कन्टेनर हतियार उत्तर कोरियाले रुसलाई पठाएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
kim-putin.jpg

काठमाडौँ ।  युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् । 

युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।

रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो ।

रक्षामन्त्री शिन वोन सिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र यसद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कन्टेनर त्यहाँ पुगेका छन् ।”

संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कन्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दावी गरेको थियो ।

उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो । 

गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गरेका थिए ।

यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाई सन्देश पठाएका छन् ।

सन्देशमा भनिएको छ, “म तपाईंसँग दृढताका साथ हातेमालो गर्नेछु र आगामी समय उत्तर कोरिया-रूस मित्रताको नयाँ युग बन्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ