arrow

सरकारले सहकारी पीडितसँग वार्ता गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
sahakari-victim-2080-10-25-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदैछ । वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो ।

सहकारी पीडितहरूसँगको वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे सह–संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने छन् ।

वार्तामार्फत सहकारी क्षेत्रमा देखिएका समस्या, निक्षेपकर्ताको रकम फिर्तालगायत यावत समस्या समाधानका लागि पहल हुने जानकारी दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ