arrow

बढ्यो सुनको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ ७०० सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि सोमबार छापावाल सुन १ लाख २४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २३ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । 

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १५ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १५ सय २० रुपैयाँ कायम रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ