arrow

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन गर्ने १५ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
ravi-lam-home.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन भएको छ । मंगलबार देशकै प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार बाहिर निषेधित क्षेत्र तोडेर गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन भएपछि १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसनिकट नेविसंघले प्रदर्शन गरेको हो ।  सो क्रममा नेविसंघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ? लगायतका व्यानर बोकेर नेविसंघका नेता तथा कार्यकर्ताले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ