arrow

स्काइवाक टावरको टिकटमा नबिल बैङ्कका ग्राहकलाई विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
nabil-bank-sky-walk-mou-2024.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैङ्क लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको छ।

यस सम्झौता अनुसार नबिल बैङ्कका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। छुट सुविधा प्राप्त गर्न बैङ्कका ग्राहकले टिकट खरिद गर्दा नबिल बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैङ्क एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ।

आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत, नबिल बैङ्कका ग्राहकहरूले यो सुविधा दुई वर्ष सम्म उपभोग गर्न पाउनेछन्।

काठमाडौँको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ।

नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी बैङ्क हो। बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २१ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ