arrow

सशस्त्रको टोलीले सप्तकोशीको किनारबाट १६४ किलो गाँजा बरामद, आधा दर्जन फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
gaja-apf-80-12-07.jpg

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल  नं ४ गण हेडक्वार्टर सुनसरीले १६३.८४५ ग्राम गाँजा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीको किनारमा ५–६ जना ब्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सप्रनि बिगबहादुर गोलेको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको हो । 

प्रहरी टोलीलाई देखेपछि अभियुक्तहरु गाँजा छाडेर डुङ्गा लिई फरार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको पनि उनले बताए । 

सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट गत फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजी गाँजा बरामद गरेको पनि थापाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ