arrow

लोकतन्त्रमा मुठ्ठीमा सञ्चारमाध्यम 

पूर्व सञ्चारकर्मी नै गृहमन्त्री भएपछि सञ्चार माध्यमलाई गृहबाटै नियन्त्रण गर्ने निर्णय [पूर्णपाठ]

निर्णयको चौतर्फी विरोध, प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछाने गृहमन्त्री भएपछि अब सञ्चारमाध्यमलाई गृह मन्त्रालयमार्फत नै नियन्त्रण गर्ने योजना बनेको छ । 

गणतान्त्रिक मुलुकमा नागरिकले अधिक भन्दा अधिक स्वतन्त्रता पाउनु पर्ने बेलामा गृह मन्त्रालयले अनलाइन समाचार पोर्टललाईसमेत नियन्त्रण गर्ने गरी सूचना जारी गरेको छ । 

गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई दिएको १५ पृष्ठ लामो निर्देशनको २ नम्बर बुँदामा सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण शीर्षक दिएर अनलाइन समाचार पोर्टललाई पनि समेटेर नियन्त्रण गर्न खोजिएको छ । 

यसको सर्वत्र विरोध भइरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, अनलाइन टीभी पत्रकार संघ लगायतले विरोध गरेका छन् । 

उनीहरुले निरंकुश शैलीमा गृह मन्त्रालयले संसारमा कहीँ नभएको व्यवस्था ल्याएको भन्दै आपत्ति जनाएका छन् । 

पत्रकार महासंघले ‘जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमै डेस्क स्थापना गरेर सञ्चार माध्यमसमेतलाई निगरानीमा राख्ने प्रावधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य भएको महासंघको ठहर छ’ भनेको छ । 

महासंघले गृह मन्त्रालयको उक्त निर्देशन तत्काल फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रताको अधिकारलाई प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गरेको छ । 

अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले ‘सञ्चार माध्यमलाई गृह मन्त्रालयमार्फत नियन्त्रण गर्ने संसारमा कहीँ नभएको व्यवस्थापति आपत्ति छ’ भनेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ