arrow

'पाइन खबर' साँझ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
haridevikoirala.JPG
तस्बिर-फाइल

पोखरा । वरिष्ठ गायिका एवं साहित्यकार प्राज्ञ हरिदेवी कोइराला समर्पित पाइन खबर साँझ-२०८० हुने भएको छ ।

कार्यक्रम शनिबार पोखराको पुम्दीभुम्दीमा हुनेछ ।

इन्द्रेणी थिएटरको पाँचौँ वार्षिकोत्सव अवसरमा सो कार्यक्रम आयोजना गरिएको र तयारी पूरा भएको कार्यक्रम संयोजक केदारनाथ पौडेलले जानकारी दिए ।

कार्यक्रममा गायिका कोइरालाको समग्र कलायात्रा, गीत, कविता वाचन तथा प्रकाशित कृतिका बारेमा जानकारी गराइनेछ ।

सो अवसरमा लोकगायक पद्मराज ढकाल, संगीतकार नवराज बराल, गायक रामजी पौडेल, दिलीप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कँडेल लगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

साँझमा हरिदेवी कोइरालासँगै अन्य कलाकार हुनेछन् । अन्य कलाकारले हरिदेवीको एक-एक गीत गाउनेछन् ।

साँझमा गायक अमृत गुरुङ पनि दर्शकका रुपमा सहभागी हुने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ