arrow

नेपालमा लगानी बढाउन महासङ्घ अध्यक्ष ढकालद्वारा लुम्बिनीमा कूटनीतिक समुदायलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
lumbini-conclave-fncci-2024.jpg

लुम्बिनी। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

अवैतनिक कन्सुलर कर्प्स नेपाल - एसोसिएसनले  आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ  सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कूटनीतिक समुदायलाई आग्रह गरेका हुन्।

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्र पूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरूलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढी भन्दा बढी लगानीकर्ताहरूलाई सहभागी गराइ लगानी जुटाउन पनि कूटनीतिक समुदायलाई आग्रह गरे। आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ ऊर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा  बाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे।

नेपाल विकासोन्मुख देशको रूपमा ग्र्याजुएट हुन गइरहेको सन्दर्भमा  प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरू सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मञ्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ