arrow

एमाले सचिवालय बैठक

इलाममा सुवाष नेम्वाङका छोरा सुहाङलाई उठाउने एमालेको निर्णय [भिडियो]

बझाङ प्रदेश-१ मा दमनबहादुर भण्डारी उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
uml-sachibalaya-2080-12-12.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुवाष नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त थियो ।

साथै बझाङ प्रदेश-१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । 

आगामी वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ