arrow

विश्वकपको तयारीमा नेपालः आज आयरल्याण्ड एसँग कीर्तिपुरमा टी–२० श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
nepal-irelandA.jpg

काठमाडौँ । नेपाल र आयरल्याण्ड ए बीचको टी–२० क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदैछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्न लागेको हो । 

खेल दिउँसो १ बजेदेखि शुरु हुने छ । यो श्रृंखला खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग सोमबार र मंगलबार गरी दुई टी–२० खेल खेल्दैछ । 

त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डशिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय श्रृंखला हुने छ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ