arrow

अनुपमको टाउकोमा प्रेमिकाले फालिन् चाउचाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
anupam-kher-pashupati.JPG
तस्बिर – फाइल, अनुपम खेर पशुपतिनाथको दर्शन गर्दा ।

मुम्बई । बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । 

सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो ? भनेर देखाइसकेका छन् । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले।

आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेको बताए कि उनले भिक्षु बन्ने सोच्न थालेका थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए, उनको नाम राधा थियो । एकपटक डेटिङको क्रममा राधाको छेउमा तीनजना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए । त्यसमा राधालाई अनुपमको उनीहरुमध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो ? भन ।’

यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा रहेको चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झदा पनि निकै अनौठो लाग्ने गरेकोसमेत बताएका थिए । उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ